Aamsanchar

निषेधाज्ञामा अभिनेता खगेन्द्र लामिछाने के गर्दैछन् ?

Author Image
आइतवार, जेठ ९, २०७८

काठमाडौं – अभिनेता खगेन्द्र लामिछाने कोरोना संक्रमणको त्रासका कारण अघिल्लो पटक लकडाउन हुँदा चलचित्र ‘पानी फोटो’को पोष्ट प्रोडक्सनको काम गरिरहेका थिए । लकडाउनले उक्त काममा अवरोध खडा गरेपछि उनले उपन्यासको काम गरे । अहिलेको निषेधाज्ञामा चाहिँ के गर्दैछन् ? 

चलचित्रकर्मी तथा लेखक हुन्, त्यसैले यसैसँग सम्बन्धित काम गरिरहेका छन् । यो पटकको निषेधाज्ञामा चलचित्रको स्क्रिप्ट लेखिरहेको उनले जानकारी दिए ।  “स्क्रिप्ट लेखिरहेको छु । स्क्रिप्टको पहिलो ड्राफ्ट सकियो । अब थप काम गर्दै जाने हो,” उनी भन्छन्, “पहिलो ड्राफ्ट सकिएपछि लेखनको मेलो बस्छ, अब त्यसलाई थप सुधार गर्दै जाने हो । सहज अवस्था आउँदा काम गर्न सजिलो होस् भनेर स्क्रिप्ट लेखिरहेको हुँ ।” 

सोसल ड्रामामा कलम चलाइरहेको उनले जानकारी दिए ।  युद्धमा क्रममा हराएको छोराको पर्खाइमा बसेकी बुढी आमाको कथा बोल्ने उनको चलचित्र ‘पानी फोटो’ कोरोनाका कारण रिलिज हुन नसकेको हो । उनले यसै चलचित्रमार्फत फिचर फिल्म निर्देशनमा डेब्यू गर्न लागेका हुन् । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 487

प्रतिक्रिया (०)

सम्बन्धित खबर