Aamsanchar

एट्लेटिलाई ला लिगा फुटबलको उपाधि

Author Image
आइतवार, जेठ ९, २०७८

काठमाडौं – एट्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा रियल भालाडोलिडलाई हराउँदै एट्लेटिकोले सात वर्षपछि ला लिगाको उपाधि जितेको हो । भालाडोलिगको मैदानमा भएको खेलमा एट्लेटिकोले पुनरागमन जित निकाल्यो । एट्लेटिकोले भालाडोलिडलाई २–१ ले पराजित गरेको हो ।

खेलको १८औँ मिनेटमा भालाडोलिडका लागि ओस्कार प्लानोले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको एट्लेटिकोले दोस्रो हाफमा दुई गोल गर्‍यो ।

खेलको ५७औँ मिनेटमा एन्जल कोरेयाले एट्लेटिकाका लागि बराबरी गोल फर्काए । ६७औँ मिनेटमा लुइस स्वारेजले गोल गर्दै टिमलाई २–० को जित दिलाए । जितसँगै एट्लेटिकोले सन् २०१४ पछि पहिलोपटक ला लिगाको उपाधि चुमेको हो । एट्लेटिकोले ३८ खेलबाट ८६ अंक जोड्यो । पराजित भालाडोलिडले ३१ अंक जोड्यो । भालाडोलिड रेलिगेसनमा परेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 201

प्रतिक्रिया (०)

सम्बन्धित खबर