Aamsanchar

कोरोनाविरुद्धको मोडर्ना खोप किशोरकिशोरीमा शतप्रतिशत प्रभावकारी

Author Image
बुधवार, जेठ १२, २०७८

काठमाण्डौ – अमेरिकी औषधि निर्माता कम्पनी मोडर्नाले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप किशोरकिशोरीमा शतप्रतिशत प्रभावकारी देखिएको छ । यो खोप १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीमा प्रभावकारी देखिएको हो । कम्पनीका अनुसार झण्डै चार हजार जनामा गरिएको परीक्षणमा खोप प्रभावकारी देखिएको छ । खोपको एक मात्रा मात्रै लगाएकाहरुमा भने प्रभावकारीता ९३ प्रतिशत मात्रै देखिएको छ ।

योसँगै अमेरिकाले यो उमेर समूहमा खोप प्रयोगको अनुमतिका लागि अमेरिकी औषधि नियामक निकाय खाद्य तथा औषधि प्रशासन एफडीए समक्ष निवेदन दिने भएको छ । अमेरिकामा यस अघि १२ देखि १५ वर्षका उमेर समूहका लागि फाइजर खोपको अनुमति दिइएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 184

प्रतिक्रिया (०)

सम्बन्धित खबर