Aamsanchar

झापामा तरकारी बोकेको झोलाभित्र लुकाएको लागूऔषधसहित २ जना पक्राउ

Author Image
बुधवार, जेठ १२, २०७८

झापा-  झापा गौरीगञ्ज गाउँपालिका २ लालमाटीबाट लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी टोलीले हिजो बेलुका साढे ५ बजे लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही स्थानका २५ बर्षीय लोकेन्द्र खड्का र २४ बर्षीय कमल दाहाल रहेका छन् । उनीहरुले तरकारी बोकेको झोलाभित्र लुकाएको लागूऔषध ल्याबोरेट कोहीनफस्पेट (कोरेक्स) १२ बोतल, २८ ट्याब्लेट ह्वीन स्पास्मो   र ३० ट्याब्लेट नाइट्रावेट फेला परेको हो । पक्राउ परेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय गौरीगञ्जमा ल्याई थप अनुसन्धान भईरहेको जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर