Aamsanchar

यास चक्रवातका कारण २ जनाको ज्यान गयो, ८० वटा घरमा क्षति

Author Image
बुधवार, जेठ १२, २०७८

काठमाण्डौ –  यास चक्रवातका कारण भारतका केही राज्यमा त्यहाँका नागरिकको जनजीवन प्रभावित बनेको छ । पश्चिम बंगालमा २ जनाको ज्यान गएको छ भने ८० वटा घरमा क्षति पुगेको छ । चक्रवात उडिसाको धामरा बन्दरगाह हुँदै पश्चिम बंगालतर्फ अघि बढेको भारतीय अधिकारीहरुले जनाएका छन् । उडिसा प्रवेश गर्ने क्रममा रहेकै बेला भारतका विभिन्न राज्यहरुमा ठूलो वर्षा भइरहेको छ । पश्चिम बंगाल, उडिसालगायत ८ राज्यमा प्रवेश गर्ने अनुमान गरिएको यास चक्रवातलाई मध्यनजर गर्दै सम्भावित ८ राज्यका असुरक्षित १० लाख नागरिकलाई सुरक्षित ठाउँमा सारिएको छ भने अझै ७ लाखलाई सार्ने काम भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यस्तै, चक्रवातका कारण लोमो दूरीको रेल सेवा बन्द गरिएको छ भने कोलकता विमानस्थलबाट हुने हवाइ सेवा आज दिनभरका लागि बन्द गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर