Aamsanchar

बुद्ध जन्मस्थल लुम्बिनीमा सीमित व्यक्तिको उपस्थितिमा बुद्धजयन्ती मनाइँदै

Author Image
बुधवार, जेठ १२, २०७८

लुम्बिनी — आज २५६५औं बुद्ध जयन्ती । कोरोना महामारीका कारण बुद्ध जन्मस्थल लुम्बिनीमा सीमित व्यक्तिको उपस्थितिमा मात्रै बुद्धजयन्ती एवं लुम्बिनी दिवस–२०७८ मनाइँदै छ । सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अपनाउँदै मायादेवी परिसरमा भिक्षुहरुले पूजापाठ गरेका छन् । मायादेवी परिसरमा लुम्बिनीमा रहेका महायानी, बज्रयानी र थेरवादी सम्प्रदायका गुरुरगुरुमा, भिक्षुरभिक्षुण, लामाबाट धार्मिक पूजा तथा मन्त्रोचारण गरिएको छ । बिहान ७ बजेबाट सुरु मन्त्रोच्चारण ८ बजेसम्म चलेको थियो ।

भिक्षुहरु बाहेक लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, प्रदेससभा सदस्य फकरुद्धिन खान र लुम्बिनी विकास कोषका पदाधिकारीले मात्रै बुद्धजयन्तीको औपचारिक कार्यक्रममा भाग लिएका छन् । गत वर्ष पनि कोरोनाका कारण बन्दाबन्दी भएकाले निश्चित धर्मगुरु मात्र जम्मा भएर बुद्धजयन्ती मनाइएको गरिएको थियो । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन बौद्ध धर्ममा ठूलो महत्व छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 284

प्रतिक्रिया (०)

सम्बन्धित खबर