Aamsanchar

रोल्पा जीप दुर्घटनामा १८ घण्टासम्म पनि १८ मृतकको शव घटनास्थलमै

Author Image
शुक्रवार, वैशाख १८, २०८३

काठमाडौं – रोल्पामा जीप दुर्घटना भएको १८ घण्टा बित्दा पनि मृतकहरुको पहिचान हुन सकेको छैन। हिजो अपरान्न ३ बजे दुर्घटनामा परेको जीपमा मृत्यु भएकाहरुको शव अझै घटनास्थलबाट उठ्न सकेको छैन।

थवाङ गाउँपालिका–१मा हिजो भएको दुर्घटनामा १८ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको थियो। २० जनाको ज्यान जानेगरी भएको जिप दुर्घटनास्थलमा आज थप खोज तथा उद्धार कार्यसुरु गरिएको प्रहरीले जनाएको छ।

हिजो पानी परेकाले र रात परेपछि उद्धार स्थगित गरिएको थियो । अहिले सम्म शव समेत उठाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्रबिर विश्वकर्माले जानकारी दिए।

Views: 10

प्रतिक्रिया (०)

सम्बन्धित खबर