Aamsanchar

१६० जना अतिथि निम्ता गरेर विमान भित्रै विवाह गर्न खोजेपछी……..

Author Image
बुधवार, जेठ १२, २०७८

नयाँ दिल्ली – भारतमा एक जोडीले कोरोना महामारीका समयमा आफ्नो विशेष दिनलाई उत्साहजनक बनाउन नयाँ उपाय लगाउँदा संकटमा परेका छन् । एयरलाइन्सलाई खबर नगरि अचानक विमान भित्रै विवाह गर्ने निर्णयपछि उनीहरुमाथि कारबाही हुने भएको हो ।

साउदवेस्ट न्युज सर्भिस एसडब्लूएनएसको रिपोर्ट अनुसार राकेश र दक्सिनाले वैवाहिक समारोहका लागि स्पाइस जेट प्लेनमा टिकट बुक गरेका थिए । यसमा उनीहरुले मदुराइ भारतबाट उडान भरेका हुन् र उडानमा क्रममा गर्ने भनिएको समारोह हेर्न आफ्ना साथीभाइ र परिवारजनलाई पनि निम्ता गरेका हुन् । खबरका अनुसार यो जोडीले आफूसँग विमानमा १६० अतिथि ल्याएका थिए । र यसबारेमा एयरलाइन्सलाई कुनै पूर्व जानकारी नदिएिको बताइएको छ ।

यसरी पछि मात्र एयरलाइन्सले यसबारेमा थाहा पाएका हुन् र कोभिडको नियम तोडिएको जानकारी दिएका छन् । सो विमान मदुराइ मिनाक्सी अमन मन्दिरतर्फ उडेको थियो जहाँ यो जोडीले विवाह गर्ने योजना बनाएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर