Aamsanchar

नेपालको पछिल्लो राजनीतिक घटनाक्रम आन्तरिक मामिला भएको भारतको भनाई

Author Image
बुधवार, जेठ १२, २०७८

काठमाण्डौ – नेपालको पछिल्लो राजनीतिक घटनाक्रम आन्तरिक मामिला भएको भारतको विदेश मन्त्रालयले बताएको छ । बुधवार सञ्चारमाध्यमले सोधेको प्रश्नको उत्तर दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पत्र प्राप्त भएको र त्यो आन्तरिक मामिला भएको बताउनुभएको हो । 

उहाँले भन्नुभयो, ‘नेपालमा विकसित पछिल्लाे राजनीतिक घटनाक्रमलाई हामीले आन्तरिक मामिलाका रुपमा लिन्छौँ र यस विषयमा नेपालले आफ्नै ढाँचा र लोकतान्त्रिक प्रक्रियाबाट यसको समाधान गर्नुपर्छ ।’

Image

एक छिमेकी र साथी भएकाले भारतले नेपाल र नेपालीको प्रगति, शान्ति, स्थिरता र विकासको यात्रामा समर्थन गर्ने विज्ञप्तिमा जनाइएको छ । 

नेपालमा विकसित राजनीतिक घटनाक्रमलाई लिएर भारतको तर्फबाट विदेश मन्त्रालयको धारणा आएको हो ।  

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 214

प्रतिक्रिया (०)

सम्बन्धित खबर