Aamsanchar

रानिटारमा जेठ २५ गतेसम्म विवाह गर्न नपाइने

Author Image
बुधवार, जेठ १२, २०७८

फिदिम – पाँचथरको फिदिमनगरपालिका ७ रानिटारमा १४ दिनसम्म विवाह गर्न नपाइने भएको छ । मंगलबार बसेको सर्बदलीय बैठकले जेठ २५ गतेसम्म वडाभित्र विवाह, भोज जस्ताकार्यहरु गर्न नपाइने निर्णय गरेको हो । गाँउमा फैलिएको कोरोना संक्रमणलाई नियन्त्रण गर्ने उद्देश्यले वडालाई पूर्ण रुपमा शिल गरिएको छ । उक्त वडामा सोमबार ५० जनाको एन्टिजेन परीक्षण गर्दा २४ जनामा संक्रमण देखिएको थियो ।

वडाप्रवेश गर्नुपरे पीसीआर परीक्षणको रिपोर्ट अनिवार्य रुपमा पेश गर्नुपर्ने भएको छ । ‘बिरामी परेर अस्पताल जानुपरे वडाले निशूल्क एम्बूलेन्स उपलब्ध गराउने व्यवस्थागरेको छ,’वडाले जारी गरेको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 220

प्रतिक्रिया (०)

सम्बन्धित खबर