Aamsanchar

अमेरिकी उपराष्ट्रपति कमलाको राष्ट्रपति बाइडेनको भन्दा धेरै कमाइ

Author Image
बिहिवार, जेठ १३, २०७८

बीबीसी-ट्रम्प प्रशासनमा बेवास्ता गरिएको राष्ट्रपतिको आय कर सार्वजानिक गर्ने ह्वाइटहाउसको पुरानो परम्परा यसवर्ष बाइडेनले पुनःस्थापित गराएका छन् । पेश गरिएको डाटाका अनुसार राष्ट्रपति बाइडेन र प्रथम महिला जिलले गत वर्ष ६ लाख ७ हजार डलर आम्दानी गरेका हुन् र उनीहरुले यसको १ लाख ५७ हजार डलर आय कर तिरेका छन् ।
बाइडेनको वर्तमान पारिश्रमिक भने ४ लाख डलर रहेको छ ।

उनीहरुको आम्दानी २०१९ मा ९ लाख डलरबाट झरेर २०२० मा त्यति पुगेको छ । २०१९ मा बाइडेन र जिलले भाषण, किताबको विक्री, शैक्षिक संस्थामा उच्च पद लगायतका श्रोत मार्फत कमाइ गरेका थिए ।

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले भने आफूले तिर्ने गरेको करबारे कहिल्यै खुलासा गरेनन् । वाटरगेट युगपछि आफ्नो आय कर सार्वजानिक नगर्ने उनी पहिला त्यस्ता राष्ट्रपति हुन् । सोमबार यी जानकारीहरु सार्वजानिक गर्नु अघि ह्वाइटहाउसकी प्रेस सचिव जेनले भनेकी ह्न, “हामीले यस किसिमले राष्ट्रपतिको कर सम्बन्धी डाटा सार्वजानिक गरिरहने छौँ जुन सबै अमेरिकी राष्ट्रपतिबाट अपेक्षा गरिन्छ । ”

सोमबार पेश गरिएको डाटामा व्यस्त चुनाव अभियानको वर्षमा बाइडेनले २५.९ प्रतिशत आय कर तिरेको पाइएको छ । यसका साथै उनले २०२० मा ३० हजार डलर बराबर रकम १० वटा च्यारिटीलाई दान दिएको पनि उल्लेख छ । यसमा जिल र जो बाइडेनसँग १२ लाख देखि २८ लाख डलरका बीच व्यक्तिगत सम्पति रहेको पनि खुलासा भएको छ । बाइडेनले अहिले ४ लाख डलर भन्दा धेरै कमाउने अमेरिकीहरुमाथि कर वृद्धि गर्ने प्रस्ताव पनि छन् ।

यता उपराष्ट्रपति कमला ह्यारीस र उनका पतिले पनि आफूले तिरेको कर र आम्दानीको डाटा सार्वजानिक गरेका हुन् । यसमा उनीहरुको कूल आम्दानी १६ लाख ९५ हजार डलर रहेको पाइएको हो । यसमा उनीहरुले ३६.७ प्रतिशत दरमा ६ लाख २१ हजार डलर कर तिरेका छन् । यसका साथै उनीहरुले २७ हजार डलर च्यारिटीमा दान गरेको पनि देखिएको छ ।

यसमा ह्यारिसका पतिले एमहोफले निजी वकिलका रुपमा काम गर्ने हुनाले नै उनीहरुको आम्दानी बाइडेन दम्पति भन्दा धेरै बढी भएको बताइएको छ । उनले ह्यारिस उपराष्ट्रपतिका लागि मनोनीत हुनु अगाडि आफूले काम गर्ने ल फर्मबाट झन्डै १२ लाख डलर कमाइ गरेको बताइएको छ । यसका साथै ह्यारिसले उनको किताब, ‘द ट्रयुत्स वी होल्ड’ बाट पनि ३ लाख ५९ हजार डलर अड्भान्स रकम प्राप्त गरेकी थिइन् । तर यति हुँदा पनि उनीहरुको आम्दानी २०१९ को तुलनामा ४६ प्रतिशतले घटेको छ । २०१९ मा ह्यारिस दम्पतिले ३० लाख ९५ हजार डलर कमाइ गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 193

प्रतिक्रिया (०)

सम्बन्धित खबर