Aamsanchar

यास चक्रवातका कारण भारतमा कम्तीमा ५ जनाको मृत्यु, हजारौँ मानिस घरबारविहीन

Author Image
बिहिवार, जेठ १३, २०७८

काठमाण्डौ-यास नामको चक्रवातका कारण भारतमा कम्तीमा पाँच जनाको ज्यान गएको छ । पश्चिम बङ्गाल र ओडिशा राज्यमा प्रभाव पारेको चक्रवातका कारण कम्तीमा पाँच जनाको ज्यान गएको र हजारौँ मानिस घरबारविहीन भएका समाचारसंस्था रोयटर्सले जनाएको छ ।

बङ्गालको खाडीमा उत्पन्न भएको चक्रवात तटीय क्षेत्रमा आउनुअघि नै १० लाखभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चक्रवातका कारण तीव्र हावाहुरीसहित ठूलो वर्षा भइरहेको छ। घरहरू भत्किएका छन् भने ठूलाठूला छालले तटीय क्षेत्रका बस्तीहरु डुबानमा परेका छन् ।

पश्चिम बङ्गालमा मात्रै तीन लाख घरहरु भत्किएका मुख्यमन्त्री ममता बेनर्जीले बताउनुभएको बीबीसीले जनाएको छ । अहिले चक्रवात पश्चिमोत्तर क्षेत्रतर्फ सर्दै गएको र कमजोर हुँदै गएको भारतीय मौसम विभागले जनाएको छ । भारतका आन्ध्र प्रदेश, झारखण्ड तथा तमिलनाडू राज्यका तटीय क्षेत्रहरूमा पनि प्रभाव पर्ने भारतको मौसम विभागले जनाएको छ ।

कोरोना महामारीकै बीचमा आएको आँधीले समस्या थपेको छ । दश लाखभन्दा धेरै विस्थापितलाई राख्नुपर्दा सामाजिक दूरी कायम गर्न कठिन भइरहेको छ । भारतमा अघिल्लो हप्ता आएको ताउ–ते नामको चक्रवातले पश्चिम भारतमा एक सय ५० जनाभन्दा धेरैको ज्यान लिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर