Aamsanchar

अहिलेसम्मकै खतरनाक र सङ्क्रामक कोरोनाको नयाँ प्रजाति भियतनाममा फेला

Author Image
आइतवार, जेठ १६, २०७८

काठमाण्डौ-भियतनाममा तीव्र गतिमा सङ्क्रमण फैलिने कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको छ । भियतनाममा भारतमा भेटिएको र बेलायतमा भेटिएको भेरियन्टबीचको म्युटेशनबाट बनेको नयाँ ‘हाइब्रिड’ भेरियन्ट भेटिएको र यो हावाको माध्यमबाट पनि तीव्र गतिमा फैलिने गरेको पाइएको त्यहाँका अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

भियतनामका स्वास्थ्य मन्त्री गुयन थान लङ्गले नयाँ म्युटेशन निक्कै खतरनाक रहेको बताएका खबरमा उल्लेख छ । भियतनाममा पछिल्ला केही हप्तादेखि कोरोना भाइरसको सङ्क्रमण बढ्दो क्रममा छ । सन् २०१९ को अन्त्यमा चिनको वुहानबाट कोरोना भाइरस सुरु भएयता हजारौँ पटक यो भाइरस म्युटेट भइसकेको छ । भियतनाममा देखिएको पछिल्लो भेरियन्टलाई अहिलेसम्मकै खतरनाक र सङ्क्रामक मानिएको छ । नयाँ भेरियन्टको जेनेटिक कोड भने सार्वजनिक गरिएको छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 230

प्रतिक्रिया (०)

सम्बन्धित खबर