Aamsanchar

सिड्नीको अर्बन नेपाली समाजको नेतृत्वमा शर्मा

Author Image
आइतवार, जेठ १६, २०७८

सिड्नी । समाजसेवा गर्न सदैव उत्साही र जांगरिला युवक रबिन्द्रकुमार शर्मालाई नेपालीहरूको दरविलो साथ रहेको छ । अष्ट्रेलियाको सिड्नी शहरको मध्यभागमा अवस्थित अर्बनमा रहनु हुने नेपालीहरूले आफ्नो संस्थाको प्रमुखको रूपमा शर्मालाई चयन गरेका छन ।

अध्यक्षमा चयन भए पछि  शर्माले “आगामी दिनमा सस्थालाई सामूहिक रूपमा नेपालीहरूको हक हितको पक्षमा अहोरात्र लाग्ने र आफू दिलोज्यानले खट्ने प्रतिवद्धता जनाएका छन् ।

यसै गरी समाजको उपाध्य़क्षमा जितेन्द्र श्रेष्ठ र सबिन डाँगी, महासचिबमा सन्तोष आचार्य, सचिवमा राजेश टण्डन, कोषाध्यक्षमा तमन्ना शर्मा, महिला संयोजकमा सबला बस्नेत, यूबा संयोजकमा युदिका कुँवर चयन भएका छन् भने सदस्यहरूमा मनोज अधिकारी,भूपेन्द्र कडेल,आयुष अधिकारी ,निशान कार्की ,धिरेन बहादुर थापा र दीपेन्द्र घिमिरे चयन भएका छन ।

समाजले सल्लाहकारहरूमा नेपाली समाजका अग्रजहरू दिनेशकुमार पोखरेल, मनरिषि धिताल, रमेश बानियां, राजकुमार श्रेष्ठ, राजु गिरी र शशी राईलाई चयन गरेको छ। यसैगरी समाजले निवर्तमान अध्यक्ष अशोक उप्रेतीलाई विधान वमोजिम संरक्षक चयन गरेको छ ।

लामो समय अष्ट्रेलियामा रही कन्सल्टेन्सी व्यवसायमा आबद्ध रबिन्द्र कुमार शर्मा बिगतमा नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अष्ट्रेलियाको अध्यक्ष थिए । भन्दा अघिल्लो अबर्न नेपाली समाजको कार्यसमितिमा इभेन्ट कोअर्डिनेटर भूमिकामा रहेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 250

प्रतिक्रिया (०)

सम्बन्धित खबर