Aamsanchar

सामाजिक सन्जाललाई प्रयोग गरेर कोरोनाको नक्कली औषधि बेच्ने ३५० जना पक्राउ

Author Image
सोमवार, जेठ १७, २०७८

काठमाडौं- कोरोना संक्रमणबाट बिरामी परेकाहरुलाई नक्कली औषधि बिक्री गरेको आरोपमा भारतमा ३ सय ५० जनाभन्दा धेरै पक्राउ परेका छन् । भारतको राजधानी नयाँदिल्लीबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका एकजना वरिष्ठ अधिकारी प्रेम नाथका अनुसार ती व्यक्तिहरुले सामाजिक सन्जाललाई प्रयोग गरेर कोभिड बिरामीलाई नक्कली औषधि र स्वास्थ्य सामग्रीहरु बेचेको पाइएको छ । उनले यस्तो ठगीलाई तल्लोस्तरको मानवताविरोधी अपराध भनेका छन् । कोरोना संक्रमणको दोस्रो लहरले भारत विश्वमै धेरै प्रभावित देशमध्ये एक हो । भारतमा बितेको चौबिस घण्टामा मात्रै कोरोना भाइरसका एक लाख ६५ हजार नयाँ संक्रमित भेटिएको ३ हजार ४६० जनाको ज्यान गएको तथ्यांक छ ।a

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 253

प्रतिक्रिया (०)

सम्बन्धित खबर