Aamsanchar

कोपा अमेरिका फुटबल ब्राजिलमा आयोजना हुने

Author Image
मङ्गलवार, जेठ १८, २०७८

काठमाडौं- कोपा अमेरिका फुटबल ब्राजिलमा आयोजना हुने भएको छ । यसअघि कोपा अमेरिका अर्जेन्टिनामा आयोजना हुने तय थियो । दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय (कन्मेबोल) ले सोमबार कोपा अमेरिका ब्राजिलमा आयोजना हुने जनाएको हो ।

गत सिजन पनि कोपा अमेरिका ब्राजिलमा आयोजना भएको थियो । ब्राजिल साविकको विजेता टोली पनि हो । अर्जेन्टिनाबाट हुने भनिएको प्रतियोगिता कोरोना भाइरसको महामारीको कारण ब्राजिलमा हुने भएको हो । प्रतियोगिता जुन १३ देखि जुलाई १० सम्म हुने तालिका रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 329

प्रतिक्रिया (०)

सम्बन्धित खबर