Aamsanchar

झापा : सर्पले डस्दा एक जनाको मृत्यु

Author Image
बुधवार, जेठ १९, २०७८

झापा : उपचारका लागि ढिलासुस्ती गराउँदा दक्षिणी झापाको कचनकवलमा सर्पको डसाइबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कचनकवल गाउँपालिका ४ स्थित फर्कागाछी निवासी ५९ वर्षीय चवनलाल गणेश रहेका प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

प्रहरीका अनुसार मंगलबार दिउँसो १ बजे घर नजिकैको खेतबारीमा गाईबस्तु चराउन गएका गणेशले परालको कुनिउँमा सर्पले मुसा लखेटेको देखेका थिए। तर, उनले सर्पले डसेको थाहा पाएनन्। घर फर्किएपछि उनलाई खुट्टा पोले महसुस भए पनि उपचारका लागि सर्पदंश उपचार केन्द्र नगई परिवारजनले धामीझाँक्री कहाँ लगे।

धामी झाँकी लगिए पनि उनलाई झन् सारो भएपछि प्राथमिक स्वास्थ्य केन्द्र बनियानीको एम्बुलेन्समा मगाएर सर्प दंश उपचार केन्द्र चाराआली पुर्‍याए। उपचार केन्द्र पुग्ने बित्तिकै उनको दिउँसो ४ बजे मृत्यु भयो। उपचार केन्द्रका चिकित्सकले उनलाई गोमन सर्पले टोकेको र समयमा उपचारका लागि नलाउँदा मृत्यु भएको परिवारजनलाई जानकारी गराएको प्रहरीले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 243

प्रतिक्रिया (०)

सम्बन्धित खबर