Aamsanchar

सिलिन्डर पड्कदाँ २ वटा पसल भत्किए , ३ बच्चासहित ७ जनाको मृत्यु

Author Image
बुधवार, जेठ १९, २०७८

भारतको उत्तर प्रदेशस्थित गोन्डा जिल्लामा मंगलबार राति सिलिन्डर पड्कदाँ दुईवटा पसल जमिनमा ढलेका छन् । यसको भग्नावशेषमा १४ जना पुरिए । प्रहरीले ७ जनाको उद्धार गरेपनि ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई पूरुष, दुई महिला र तीन बच्चा छन् । घाइते भएकाहरुको अवस्था पनि गम्भीर छ । त्यसैकारण उनीहरुलाई जिल्ला अस्पतालमा प्राथमिक उपचारलगत्तै लखनऊस्थित ट्रमा सेन्टर लगिएको छ ।

युपीका मुख्यमन्त्री योगी आदित्यनाथले प्रभावितहरुलाई तत्कालै उद्धार गर्न र राहत बाँड्न निर्देशन दिएका छन् । त्यस्तै उनले घटनाको उच्च स्तरीय जाँच गर्न पनि आदेश दिएका छन् । बिस्फोटमा ढलेका यी दुबै पसल एकआपसमा जोडिएका थिए । स्थानीयका अनुसार टिकरी गाउँ निवासी नुरुल हसनसँग् पटाका बनाउने लाइसेन्स थियो । मंगलबार राती ११ बजे आसपास उनको घरमा बिस्फोट भयो ।

यो यति तेज थियो कि नुरुल हसनको पसलमात्रै नभएर नजिकैको पसल पनि जमिनमा ढल्यो । स्थानीयको सुचनापछि घटनास्थल पुगेको प्रहरीले जेसीबी र पोकलेन मेसिहरुको सहयोगमा भग्नावशेष हटाएर पीडितको उद्धार गरेको थियो ।

स्रोत : दैनिक भास्कर

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 97

प्रतिक्रिया (०)

सम्बन्धित खबर