Aamsanchar

बिहीबार हुने चाइनिज ताइपेइबिरुद्धको फुटबल खेलका बारेमा के भन्छन् प्रशिक्षक अलमुताइरी ?

Author Image
बुधवार, जेठ १९, २०७८

काठमाडौं-नेपाली राष्ट्रिय फुटबल टोलीले सन् २०२२ को फिफा विश्वकप र सन् २०२३ को एसिया कपका लागि दोस्रो चरणको छनोट अन्तर्गत खेल खेल्न अहिले नेपाल कुवेतमा छ । नेपालले दोस्रो चरणका खेलअन्तर्गत भोलि (बिहीबार) चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्नेछ ।

अरेबियन मुलुक कुवेतको राजधानी कुवेत सिटीमा हुने नेपाल र ताइपेबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । भोलिको खेलमा नेपाल सहज जित निकाल्ने योजनामा हुनेछ । कुवेतको तापक्रम भने नेपालभन्दा धेरै फरक छ । कुवेतमा ४५ डिग्री सेल्सियस माथिको कुवेतको गर्मीले नेपाली टोलीलाई खेल्न सहज भने हुने छैन् । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ताइपेसँगको खेलमा मौसमका कारण नेपाली टोलीलाई सहज नहुने बताए ।

“नेपाली टोलीका लागि मौसम बाधक बन्न सक्छ । तर, हामी सम्हालिएर खेल्नेछौ। । उत्कृष्ट प्रदर्शन गर्दै राम्रो नतिजा ल्याउने हाम्रो योजना हुनेछ,” प्रि–म्याच कन्फरेन्समा प्रशिक्षक अलमुताइरीले भने । नेपाली टोली ताइपेइविरुद्व जित निकाल्दै एसिया कपमा छनोट हुने लक्ष्यमा हुनेछ । नेपालले बाँकी सबै खेलमा फराकिलो जित निकाल्न सकेमा नेपाललाई सहज हुनेछ । त्यसैले नेपालको लक्ष्य सहज जित हुनेछ ।

आलमुताइरीले आगामि खेलमा जित निकाल्दै एसिया कपमा छनोट हुने योजनामा भएको बताए । ताइपेइविरुद्वको खेलमा सहज जित निकाल्दै नेपाली टोलीको एसियाकप खेल्ने सपना पूरा गर्ने योजना भएको बताए । “हाम्रो युवा टोली छ । उनीहरुमा धेरै सम्भावना छ । मलाई टिममा पूर्ण विश्वास छ । उनीहरुले अवसर पाए राम्रो खेल्नेछन्,” अल्मुताइरीले भने ।

नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाइसकेको छ । तर, नेपाललाई बाँकी खेलमा जित निकाल्दै एसिया छनोटको तेस्रो चरणमा स्थान बनाउने सुनौलो अवसर रहेको छ । समूह ‘बी’ मा नेपाल ५ खेलबाट १ जित सहित ४ हार ब्यहोर्दै चौथो स्थानमा रहँदा ताईपे ५ खेलबाट अंक विहीन हुदै तालिकाको पुछारमा छ । अष्ट्रेलिया ४ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ । ५ खेलबाट समान १० अंक बनाएका कुवेत र जोर्डन गोल अन्तरका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

चाइनिज ताइपेविरुद्धको ड टु हेडमा भने नेपाल बलियो छ । नेपालले चाइनिज ताइपेइसँग दुई खेल खेलेको छ एक खेलमा बराबरी नतिजा निकालेको छ भने एक खेलमा जित निकालेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 178

प्रतिक्रिया (०)

सम्बन्धित खबर