Aamsanchar

जम्मू-कश्मीरमा गोली हानेर भाजपाका एक नेताको हत्या

Author Image
बिहिवार, जेठ २०, २०७८

काठमाण्डौ – भारतको जम्मू-कश्मीरमा भारतीय जनता पार्टी (भाजपा)का एक नेताको हत्या भएको छ । विद्रोही समूहले स्थानीय पार्षद राकेश सोमनाथ​ पण्डिताको गोली हानेर हत्या गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पुलवामामा गएराति भाजपा नेता पण्डिताको गोली हानी हत्या भएको भारतीय प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उहाँको साथमा सधैं दुई जना निजी सुरक्षाकर्मी खटिने गरेका थिए ।

जम्मू-कश्मीरका उपराज्यपाल मनोज सिह्नासहितले यो घटनाको निन्दा गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 203

प्रतिक्रिया (०)

सम्बन्धित खबर