Aamsanchar

‘हाउस हजबेन्ड’ सार्वजनिक (भिडियाेसहित)

Author Image
शनिवार, जेठ २२, २०७८

काठमाडौं –वर्ष २०७७ कुनैपनि क्षेत्रको लागि त्यति फलदायी भएनभन्दा फरक नपर्ला । कोरोना महामारीका कारण गत वर्ष पुरैजसो लकडाउन भयो । जसका कारण नाटकघरहरूले नयाँ नाटक रिहर्सल र मञ्चन गर्न पाएनन् । नाटकघरहरू पुरै बन्दै भए ।

त्यही समयको उपयोग गरी शैली थिएटरले सर्ट फिल्म निर्माण गरेको छ । ‘हाउस हजबेन्ड’ शीर्षकको उक्त सर्ट फिल्म शुक्रबार शैलीको आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । नाटक मञ्चनका लागि तयार आधा दर्जन जति कथामध्ये शैलीका समूहले यही कथालाई रोजेर आफ्नो सृजनशिलतालाई सर्ट फिल्ममा भएपनि जीवित राख्ने प्रयास गरेका छन् ।

‘हाउस हजबेन्ड’ श्रीमतीलाई अफिस पठाएर घरको सबै जिम्मा सम्हाल्ने श्रीमानको कथा हो । यस सर्ट फिल्मको निर्देशन शैली थिएटरका निर्देशक नबराज बुढाथोकीले गरेका हुन् भने सम्भव सुवेदीको छायांकन रहेको छ । फिल्मको कथा सुवास सुवेदी र निर्देशक बुढाथोकी आफैँको हो । रंगकर्मी सरस्वती अधिकारी, सुवास सुवेदी, शौभाग्य सिंह र बालकलाकार निहारीका खड्काको अभिनय रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 227

प्रतिक्रिया (०)

सम्बन्धित खबर