Aamsanchar

१२४ वर्षकी वृद्धालाई लगाइयो कोरोना विरुद्धको खोप

Author Image
शनिवार, जेठ २२, २०७८

काठमाण्डौ – जम्मू-कश्मीरमा १२४ वर्षकी वृद्धाले कोरोना विरुद्धको खोप लगाउनु भएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि अहिले जम्मू-कश्मीरमा स्वास्थ्यकर्मी घरघरमै पुगेर कोरोना विरुद्धको खोप लगाउन थालेका छन् । यही क्रममा १२४ वर्षकी वृद्धाले पनि खोप लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

जम्मू-कश्मीरका लेफ्टिनेन्ट गर्भनर मनोज सिन्हाले ट्वीट गर्दै बारामूलाकी १२४ वर्षकी वृद्धाले कोरोनाविरुद्धको खोप लगाएको बताउनु भएको छ । सिह्नाले अहिलेसम्म खोप लगाएकाहरुमा उहाँ नै सबैभन्दा बढी उमेरको भएको पनि बताउनु भएको छ । १२४ वर्षकी वृद्धालाई खोप लगाएपछि उहाँको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्यकर्मी घर गएका थिए । स्वास्थ्यकर्मीले उहाँको स्वास्थ्य अवस्था राम्रो रहेको बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 286

प्रतिक्रिया (०)

सम्बन्धित खबर