Aamsanchar

सत्य साई सेवा सङ्गठन प्रदेश नम्बर १ समिति झापाद्वारा खाद्यान्न सामग्री वितरण

Author Image
शनिवार, जेठ २२, २०७८

झापा –सत्य साई सेवा सङ्गठन प्रदेश नम्बर १ समिति झापाले दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउदै आएका मजदुरहरुलाई खाद्यन्न सहयोग गरेको छ । दोस्रो लहरको कोरोना महामारी नेपालमा फैलिएसँगै समस्यामा परेका मजदुरहरुलाई समितीले सहयोग गरेको हो । एक महिनादेखिको जारी निषेधाज्ञाले दैनिक ज्याला मजदुरी गरी बिहान बेलुकाको छाक टार्ने विपन्न मजदुरहरू यतिबेला परिरहेको छ । उनीहरुको समस्यालाई मध्यनजर गर्दै सत्य साई सेवा सङ्गठन प्रदेश नम्बर १ समिति झापाले खाद्यान्न सामग्री वितरण गरेको हो।

साई संगठनले झापाको विभिन्न पालिकामा समस्यामा परेका ९३ विपन्न परिवारलाई राहत स्वरूप खाद्यान्न सामग्री वितरण गरेको छ । अधिकांश विपन्न समुदायका नागरिक दैनिक ज्याला मजदुरी गरेर गुजरा चलाउने भएकाले निषेधाज्ञाले उनीहरुको जिविकोपार्जनमा समस्या भएको छ, सत्य साई सेवा सङ्गठन प्रदेश नम्बर १ का अध्यक्ष कविन्द्र श्रेष्ठले भने त्यसैले हामीले सकेको सानो सहयोग गरेका हौँ ।

सङ्गठनले भद्रपुर-३ स्थित सन्थाल बस्तीका ४५ घर परिवार, कचनकवल गाउँपालिका( २ गन्दर्भ बस्तिका ४६ परिवार, मेचीनगर९९ का १ परिवार र शिवसतासी धरमपुरका एक कोभिड विरामीका परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

विपन्नलाई प्रति परिवार राहत स्वरूप चामल १५ केजी, आलु ५ केजी, एक लिटर खाने तेल, एक केजी नुन १ र एउटा साबुन वितरण गरेको साई संगठनले जनाएको छ । साथै संगठनले सुरुङ्गा, काकडभिट्टा र अजर्नुधारामा रहेका अपांग आश्रमलाई पनि खाद्यान्न सहयोग गरेको जनाएको छ। गत वर्ष पनि कोरोना कालामा संगठनले ८५ दिन जिल्लाका विभिन्न ठाउँमा खाना नपाएर भोकभोकै बसेका बेसाहरालाई खाना खुवाएको थियो । त्यसैगरी ३४७ विपन्न परिवारलाई राहत सामाग्री समेत वितरण गरेको अध्यक्ष श्रेष्ठले जनाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 224

प्रतिक्रिया (०)

सम्बन्धित खबर