Aamsanchar

झापामा आज १५४ जना संक्रमित थपिए, ७ जनाको मृत्यु हुँदा २०३ जना निको

Author Image
शनिवार, जेठ २२, २०७८

झापा – झापामा शनिबार कोरोना संक्रमणबाट एन्टिजेनसहित १५४ जना संक्रमित थपिएका छन् । आज ७ जनाको मृत्यु भएको छ यो सँगै झापामा मृत्यु हुनेको संख्या २६२ पुगेको छ । आज मृत्यु हुनेमा बिर्तामोड–१ की ५६ वर्षीय महिला, अर्जुनधारा–११ का ६० वर्षीय पुरुष, भद्रपुर–६ का ८४ वर्षीय पुरुष, दमक–१० का २७ वर्षीय पुरुष, बिर्तामोड–४ का ८५ वर्षीय पुरुष, उर्लाबारी–७ का ६० वर्षीय पुरुष र बाह्रदशी–७ का ५४ वर्षीय पुरुष रहेका स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

उनका अनुसार आज ६४ महिलासहित १५४ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । दमकमा १६ महिलासहित ३७ जना, बिर्तामोडमा ७ महिलासहित ९ जना, गौरादहमा १ जना पुरुष, मेचीनगरमा ३ महिलासहित ८ जना, भद्रपुरमा ६ महिलासहित १० जना, कनकाईमा ४ महिलासहित ८ जना, हल्दीबारीमा २ जना पुरुष, अर्जुनधारामा ६ महिलासहित ८ जना, बुद्वशान्तिमा १ जना पुरुष, गौरीगञ्जमा ५ महिलासहित १० जना, कमलमा ३ महिलासहित ५ जना, शिवसताक्षीमा ५ महिलासहित ७ जना, बाह्रदशीमा ६ महिलासहित ८ जना, झापामा ३ जना महिला र ठेगाना नखुलेका २ जना पुरुषमा कोरोना पुष्टि भएको फोकल पर्सन चौलागाईले बताए ।

योसँगै झापामा जम्मा संक्रमितको संख्या ११३७८ पुगेको छ भने डिस्चार्ज संख्या ६७४८ रहेको छ । आइसोलेसनमा ४३२७ जना, कुल संक्रमित १११८ जना र आज निको भएर घर फर्किएका २०३ जना रहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 217

प्रतिक्रिया (०)

सम्बन्धित खबर