Aamsanchar

झापामा कोरोनाबाट श्रीमान् श्रीमतीको एकहप्ताको अन्तरालमा मृत्यु

Author Image
आइतवार, जेठ २३, २०७८

झापा – झापा बिर्तामोडका एक दम्पतिको १ हप्ताको अन्तरालमा कोरोना संक्रमणबाट मृत्यु भएको छ । श्रीमानको निधन भएको एक सातापछि श्रीमतीको पनि कोरोना संक्रमणबाटै निधन भएको हो । बिर्तामोड १ निवासी ७८ वर्षीय गणेशबहादुर बस्नेतको गत शनिबार बिर्तासिटी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको थियो ।

त्यसको एक सातापछि शनिबार उनकी श्रीमती ५६ वर्षीया संगीता बस्नेतको मृत्यु भएको छ । उपचारका क्रममा दिउँसो उनको मृत्यु भएको बिर्तासिटी हस्पिटलका जनसम्पर्क अधिकारी बमबहादुर बस्नेतले बताए । पहिला श्रीमान गणेशबहादुरलाई संक्रमण देखिएको र श्रीमानलाई स्याहार्ने क्रममा श्रीमतीलाई सरेको उनले जानकारी दिए । गणेशबहादुरलाई काठमाडौं जाँदा संक्रमण पुष्टि भएको उनले बताए । बस्नेत दम्पतिका एकजना छोरा र दुई छोरी छन् । ती सबैजना अष्ट्रेलियामा रहेको जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 188

प्रतिक्रिया (०)