Aamsanchar

सरियाले दिए मेची अस्पताललाई १० थान अक्सिजन सिलिन्डर

Author Image
आइतवार, जेठ २३, २०७८
झापा- मेची अञ्चल अस्पताल भद्रपुरलाई १० थान अक्सिजन सिलिन्डर निःशुल्क उपलब्ध गराएको छ । भद्रपुर नगरपालिका ६ हाल काठमाडौँ निवासी समाजसेवी कैलाश सरियाले मेची अस्पताललाई १० थान अक्सिजन सिलिन्डर प्रदान गरेका हुन् ।  आइतबार एक संक्षिप्त कार्यक्रमको आयोजना गरी उनका आमा भिकीदेवी सरिया र भाइ हुलासचन्द्र सरिया अस्पतालमा पुगेर सो अक्सिजन सिलिन्डर अस्पताललाई हस्तान्तरण गरेका थिए ।
भद्रपुर नगरपालिकाकी उपमेयर चन्द्रामाया श्रेष्ठको उपस्थितिमा अस्पतालका मेसु डा. पीताम्बर ठाकुरलाई अक्सिजन सिलिन्डर हस्तान्तरण गरेका थिए ।  दोस्रो लहरको कोरोना भाइरसको संक्रमण कारण झापा जिल्लामा संक्रमित बिरामीको सङ्ख्या बढ्दो र अस्पतालमा आवश्यकता भन्दा कम अक्सिजन सिलिन्डर भएकोले समाजसेवी सरियाले काठमाडौँबाट १० थान सिलिन्डर पठाएको स्थानीय सुबोध कोठारीले जानकारी दिए ।
पहिलो लहरमा पनि कैलाश सरियाले भद्रपुर नगरपालिका, सुरक्षाकर्मी, पत्रकार, कैदीबन्दीलाई निःशुल्क मास्क वितरण गरेका थिए । मेचीको कोभिड उपचार केन्द्रमा हाल ७५ जना सङ्क्रमितको उपचाररत रहेका छन् । 
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 378

प्रतिक्रिया (०)

सम्बन्धित खबर