Aamsanchar

विश्वकप र एसियन कपको छनोटमा नेपाल र जोर्डन आज भिड्दै, यस्तो छ जोडनबिरुद्दको इतिहास

Author Image
सोमवार, जेठ २४, २०७८

काठमाडौं – राष्ट्रिय फुटबल टोली यसपटक जितका साथ विश्व कप छनोटको सुरुवात गरेको थियो । छनोटका अन्तिम ३ खेलका लागि कुवेत पुगेको नेपालले चाइनिज ताइपेमाथि २–० को जित निकालेको थियो । पहिलो लेगमा पनि सोही टोलीलाई २–० ले हराएकोले यसपटकको जितलाई पनि ठूलो सफलताभन्दा पनि सफलताकै निरन्तरताका रुपमा हेरिएको छ । अब बाँकी खेलमा भने नेपाली टोलीको वास्तविक परिक्षा हुनेछ । नेपाली टोलीले सोमबार जोर्डनको सामना गर्दैछ । त्यसपछि जेठ २८ गते अष्ट्रेलियाको सामना गर्नेछ । ती दुई खेलपछि वास्तवमा नेपाली टोलीमा आएको भनिएको परिवर्तन खासमा महसुस गर्न सकिन्छ ।

चाइनिज ताइपेलाई हराउनु अघि इराकसँगको मैत्रीपूर्ण खेल ६–२ ले गुमएपछि समर्थकले नेपाली टोलीको प्रदर्शनको प्रसंशा गरेका थिए । नयाँ प्रशिक्षक अब्दुल्ला अलमुताइरीको रणनीतिलाई धेरैले तारिफ गरेका छन् । खासमा अलमुताइरीको रणनीतिको परिक्षा पनि जोर्डनसँगको खेलबाटै हुनेछ । नेपाल र जोर्डनबीच सोमबार नेपाली समय अनुसार राती ९:४५ बजे खेल सुरु हुनेछ ।

नेपाल र जोर्डनबीच अब हुने खेल चौथो हो । यसअघिका ३ खेलमा नेपालले जोर्डन हराउन सकेको छैन । एक पटक बराबरी रोक्नु नेपाली टोलीको जोर्डनविरुद्धको अहिले सम्मको सबैभन्दा सफल नतिजा हो । तर, त्यो एक दशक अघिको प्रसंग हो । त्यसयता नेपालीमा व्यापक परिवर्तन भएको छ ।

दश वर्षअघि जोर्डनसँग उसकै भूमिमा पहिलो लेगमा ९–० ले गुमाएको नेपालले दोस्रो लेगमा १–१ को बराबरी गरेको थियो । घरेलु मैदानमा नेपाली टोली जोर्डनलाई रोक्न सफल भएको थियो । त्यति बेला बेलायती प्रशिक्षक ग्राहम रोबर्टसको नेतृत्वमा नेपाली टोली विश्व कप छनोटमा उत्रेको थियो ।

पहिलो लेगमा ९–० ले पराजित भएपछि नेपाली टोलीको चर्को आलोचना भएको थियो । तर, त्यसको पाँच दिन पछि स्वदेशमा जोर्डनलाई बराबरीमा रोक्दा फेरि टोलीका उच्च प्रशंसा भएको थियो । यसपटकको विश्व कप छनोटमा पहिलो लेगमा नेपाल जोर्डनसँग उसकै मैदानमा ३–० को हार बेहोरेको थियो । अब यस पटकको दोस्रो लेगमा कस्तो नतिजा निस्कन्छ समर्थकका लागि चासोको विषय हुनेछ ।

जोर्डनसँग दश वर्ष यता राष्ट्रिय टोलीमा व्यापक परिवर्तन भइसकेको छ । त्यति बेला टोलीमा रहेका गोलकिपर किरण चेम्जोङ बाहेक अहिले टोलीमा अर्को कुनै खेलाडी छैनन् । रंगशालामा भएको दोस्रो लेगमा भरत खवासले बराबरी गोल गर्दै नेपाललाई अंक दिलाएका थिए । चोट कारण भरतसहित त्यति बेला टोलीमा रहेका सुजल श्रेष्ठ चोटका कारण यसपटक टोलीमा समावेश छैनन् ।

नेपाल र जोर्डनको हेड टु हेड

२३ जुलाई २०११ – हार ० –९ – विश्वकप छनोट

२८ जुलाई २०११ – बराबरी १ –१ (भरत खवास)विश्व कप छनोट

१५ अक्टुबर २०१९- हार ० –३ विश्व कप छनोट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 218

प्रतिक्रिया (०)

सम्बन्धित खबर