Aamsanchar

विदेशी चलचित्र प्रदर्शनीमा रोक, विदेशी कपडा प्रयोग गर्नेलाई कानुनी कारवाही

Author Image
सोमवार, जेठ २४, २०७८

एजेन्सी- उत्तर कोरियाले आफ्नो मुलुकमा विदेशी प्रभाव रोक्ने भन्दै नयाँ कानुन जारी गरेको छ । नेता किम जोङ उनले विदेशी प्रभाव आफ्नो देशमा भित्रन नदिन सो कानुन जारी गर्नुभएको हो । नयाँ कानुन अनुसार उत्तर कोरियामा विदेशी चलचित्र प्रदर्शनीमा रोक लगाइएको छ । यस्तै विदेशी कपडा प्रयोग गर्नेले कानुनी कारवाहीको भागीदार हुनुपर्ने नयाँ कानुनी व्यवस्था गरिएको छ । यस्तै विदेशी फेसनको नक्कल गर्नेमाथि पनि कडा कारवाही गर्न नेता उनले निर्देशन दिनुभएको बताइएको छ । यसैगरी अवैध भिडियो हेरेमा मृत्युदण्ड दिने नयाँ कानुनमा उल्लेख रहेको बीबीसीले जनाएको छ । इन्टरनेटमा राज्यको नियन्त्रण कायमै राखिएको छ भने सरकारी सञ्चारमाध्यमबाहेक अन्य सञ्चारमाध्यम सञ्चालनमा रोक लगाइएको छ ।

उत्तर कोरियाले आफ्नो मुलुकबाहिरको सूचनामा नागरिकमाथि नियन्त्रण गर्न खोजेको विश्लेषकहरुले बताएका छन् । लामो समयदेखि नाकाबन्दीको सामना गरिरहेको उत्तरले गत वर्षदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको असरका बारेमा हालसम्म पनि आधिकारीक सूचना बाहिर ल्याएको छैन । यसै वर्षको सुरुमा नेता किमले आफ्ना नागरिक कष्टपूर्ण जीवनयापन गरिरहेको बताएपनि अन्यत्रको सहयोग नलिने घोषणा गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर