Aamsanchar

लागु औषधसहित २ युवती र १ युवक पक्राउ

Author Image
मङ्गलवार, जेठ २५, २०७८

धनगढी- कैलालीमा लागु औषधसहित दुई युवती र एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयको टोलीले धनगढी उपमहानगरपालिका–२ कृष्णनगर टोलबाट उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–२ का २५ वर्षीय सञ्जिप सिंह, २० वर्षीया मैना साउद र ३५ वर्षीया लक्ष्मी भट्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। उनीहरुको साथबाट ६ ग्राम १७५ मिलीग्राम ब्राउनसुगर, ६ ट्याबलेट नाइट्रोभेट र लागु औषध बेचबिखन गर्न राखिएको डिजिटल तराजु समेत बरामद गरिएको प्रहरी नायब उपरीक्षक विष्टले बताए।

यस्तै, इलाका प्रहरी कार्यालय जोशीपुरको टोलीले जोशीपुर गाउँपालिका–३ बाट अवैध काठसकिट हरिलाल चौधरी पक्राउ परेका छन्। उनी घरमा रहेको ट्रयाक्टरमा काठ लोड गरेर राखेको अवस्थामा फक्राउ परेका हुन्। उनको घरबाट दुई गोलिया सालको अवैध काठ बरामद गरिएको छ भने चौधरीलाई आवश्यक कारबाहीका लागि सब डिभिजन वन कार्यालय भजनीमा बुझाइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 278

प्रतिक्रिया (०)

सम्बन्धित खबर