Aamsanchar

मेचीनगरमा स्वाव संकलन कार्य एकदिनका लागि स्थगन हुने सुचना

Author Image
मङ्गलवार, जेठ २५, २०७८

मेचीनगर नगरपालिकाले कोभिड १९ को संक्रमण छ वा छैन भन्ने पीसीआर परीक्षण गर्नका लागि स्वाव संकलन गर्ने कार्य बुधबार (भोली) एकदिनका लागि गरिएको छ ।

बुधबार मेचीनगर नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा ६२ देखि ६४ बर्षसम्मका ज्येष्ठ नागरिकहरुलाई कोरोना विरुद्घको खोप लगाइने भएकोले त्यसको व्यवस्थापनका लागि नगरपालिकाबाट भइरहेको पीसीआर स्वाव संकलन कार्य एकदिनका लागि स्थगन गरिएको सूचनामा उल्लेख छ ।

नगरपालिकाको स्वास्थय शाखाका अनुसार बुधबारबाट सुरु हुने कोभिड–१९ विरुद्धको खोपको लागि मेचीनगरमा वडागत खोप केन्द्र निर्धारण गरिएको छ ।

मेचीनगरमा रहेका ५ वटा स्वास्थ्य चौकीमार्फत १५ वटा वडाका मापदण्ड अनुसारका नागरिकहरुलाई खोप लगाउने व्यवस्था मिलाइएको सबै नगरवासीमा यो सुचना गरिन्छ ।

मेचीनगर नगरपालिका, झापा

मेचीनगरमा स्वाव संकलन कार्य एकदिनका लागि स्थगन हुने सुचना

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 242

प्रतिक्रिया (०)

सम्बन्धित खबर