Aamsanchar

कानपुरमा बसले टेम्पुलाई ठक्कर दिँदा १७ जनाको मृत्यु

Author Image
बुधवार, जेठ २६, २०७८

एजेन्सी – भारतको उत्तर प्रदेशस्थित कानपुरमा मंगलबार राती भएको सवारी दुर्घटनामा परेर १७ जनाको मृत्यु भएको छ । कानपुरस्थित कानपुर-इटावा राजमार्गमा तिव्र गतिमा कुदिरहेको बसले टेम्पुलाई ठक्कर दिँदा कम्तिमा १७ जनाको मृत्यु भएको हो ।

तिव्र गतिको बसले ठक्कर दिएको टेम्पु सडक किनारमा खसेको छ भने बस सडकमै पल्टिएको छ । दुर्घटनामा डेढ दर्जनभन्दा बढी घाइते भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 208

प्रतिक्रिया (०)

सम्बन्धित खबर