Aamsanchar

लागुऔषधको जालो तोड्दै सशस्त्र प्रहरी घेराबारी, एकै दिन ३ ठाँउबाट बरामद

Author Image
बुधवार, जेठ २६, २०७८

झापा- सशस्त्र प्रहरी नेपाल बोर्डर आउट पोष्ट घेराबारीले मंगलबार एकै दिनमा तीन ठाँउबाट नियन्त्रीत लागुऔषध बरामद गरेको छ। लागुऔषधहरु कोडिन,नाइट्रेज्याम्प ट्याब्लेट,गाँजा लगायतका सामग्री बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

घेराबारी प्रमुख सशस्त्र प्रहरी निरिक्षक रविन ढुङ्गेलको कमाण्डमा रहेको टोलीले इलाकाका बिभिन्न स्थानबाट लागुऔषध बरामद गरेको हो। टोलीले अन्दाजी दिउँसो २ बजे कचनकवल गाउँपालिका-१ उग्रगाँउबाट १४ बोतल कोडिन र ३० नाईट्रेज्याम्प ट्याप्लेट सहित दुई जनालाई नियन्त्रणमा लिएको ढुङ्गेलले बताए।पक्राउ पर्नेहरुमा बिर्तमोड-२ बेलडाँगीका ३० वर्षीय जीवन धौराली र सोही ठाँउका २२ वर्षीय सुमन मिश्र रहेका छन्।

त्यस लगतै अन्दाजी दिउँसो ३.५० बजे उग्रगाँउ बाटै पुनस् ४४ नाइट्रेज्याम्प ट्याप्लेट र २६ ग्राम गाँजा सहित सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा बिर्तामोड-७ का २८ वर्षीय सुरेन्द्र ढकाल रहेका छन्।

टोलीले मंगलबार साँझ अन्दाजी ६.४५ बजे कचनकवल-१ कै मरिच बगानबाट लागुऔषध १७ बोतल कोडिन बरामद गरेको ढुङ्गेलले जानकारी दिए। एक जना अपरिचित व्याक्ती झोला बोकेर नेपाल-भारत सिमाबाट नेपाल छिर्दै गर्दा सशस्त्र प्रहरीलाई देखि झोला छोडेर भारत तर्फ नै भागेको बताइएको छ। बरामद गरिएको लागुऔषध र पक्राउ परेका तिनै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय राजगढ बुझाइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 11

प्रतिक्रिया (०)

सम्बन्धित खबर