Aamsanchar

कोरोना संक्रमणका कारण धनकुटामा एकै परिवारका तीन जनाको मृत्यु

Author Image
बुधवार, जेठ २६, २०७८

धनकुटा — कोरोना भाइरस संक्रमणका कारण धनकुटामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । धनकुटा नगरपालिका ६ बीचबजारका एकै परिवारका आमा, छोरी र छोराको मृत्यु भएको हो । मंगलबार मृत्यु भएका ६४ वर्षीय विश्वप्रकाश श्रेष्ठकी ९४ वर्षिया आमा सौभाग्यदेवीको गत साता मृत्यु भएको थियो । यसअघि विश्वप्रकाशकी दिदी विजयाश्रीको पनि मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । उनीहरु सबैको एक महिनाको अवधिमा मृत्यु भएको छ । मृतक विश्वप्रकाशको विराटनगरको नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर