Aamsanchar

झापामा करेन्ट लागेर ३ वर्षीय बालकको मृत्यु

Author Image
बुधवार, जेठ २६, २०७८

झापा- झापामा करेन्ट लागेर एक बालकको बुधबार बिहान मृत्यु भएको छ। मृत्यु हुनेमा बिर्तामोड नगरपालिका १० स्थित ठुटेबर निवासी डम्बरबहादुर गुरुङका तीन वर्षीय छोरा अभिनाश गुरुङ रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

प्रहरीका अनुसार आफ्नै घरमा पानी तान्ने मोटरमा रहेको नाङ्गो तार छुँदा ती बालकलाई करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते भएका बालकलाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन सामुदायिक हस्पिटल ल्याइपुर्‍याउनासाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 242

प्रतिक्रिया (०)

सम्बन्धित खबर