Aamsanchar

भारतमा मनसुन भित्रियो, मुम्बईका धेरै ठाउँ जलमग्न,५ दिनसम्म ठूलो वर्षाको सम्भावना

Author Image
बुधवार, जेठ २६, २०७८

काठमाण्डौ – भारतमा मनसुन भित्रिएको छ । एक दिन अगावै भित्रिएको मनसुनी प्रणालीका कारण मुम्बईमा ठूलो वर्षा भएको छ । मुम्बईका धेरै ठाउँ जलमग्न भएका छन् । त्यहाँको मौसम विभागले आउँदो पाँच दिनसम्म ठूलो वर्षाको सम्भावना रहेको भन्दै चेतावनी जारी गरेको छ ।

वर्षाका कारण पानी जमेपछि स्थानीय रेल सेवा बन्द गरिएको छ । यस्तै, वर्षाका कारण केही ठाउँमा ट्राफिक जामसमेत भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आज पुणेमा पनि वर्षाको सम्भावना रहेको खबरमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 258

प्रतिक्रिया (०)

सम्बन्धित खबर