Aamsanchar

आज थप ४ हजार ३४४ जनामा कोरोना संक्रमण, ५ हजार ७६८ संक्रमणमुक्त

Author Image
बुधवार, जेठ २६, २०७८

काठमाडौं – देशभर गत २४ घण्टामा ४ हजार ३४४ जना कोरोना संक्रमित थपिएका छन्। देशभरका प्रयोगशालामा १२ हजार ७४ जनाको पिसिआर परीक्षण गर्दा ३ हजार ४४९ जनामा संक्रमण पुष्टि भएको हो। यसैगरी एन्टिजेन विधिमार्फत ४ हजार ५६८ जनाको परीक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलका अनुसार काठमाडौं उपत्यकामा मात्रै ९ सय १५ जना संक्रमित थपिएका छन्। तीमध्ये काठमाडौंका ६७९, ललितपुरका १५१ र भक्तपुरका ८५ जना छन्। यससँगै कुल संक्रमितको संख्या ६ लाख १५ हजार ६५२ पुगेको छ । तीमध्ये ५ लाख १० हजार २९८ जना निको भइसकेका छन्। पछिल्लो २४ घण्टामै ५ हजार ७६८ जना संक्रमणमुक्त भएका छन्।

कोरोनाका कारण गत २४ घण्टामा मृत्यु हुनेको संख्या ८१ रहेको छ । यससँगै कुल मृतकको संख्या ८ हजार एक सय ७९ पुगेको प्रवक्ता पौडेलले बताए। आज सक्रिय संक्रमितको संख्या ८० हजार ३३६ मा झरेको छ। तीमध्ये होम आइसोलेसनमा ७४ हजार ४३८ जना र संस्थागत आइसोलेसनमा ५ हजार ८९८ जना रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये १ हजार ३१२ जना आइसियु र ३ सय ७५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। आज क्वारेन्टाइमा ६ सय ३४ जना रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)