Aamsanchar

फरार रहेका प्रतिवादीहरु भद्रपुरका भट्टराई र पृथ्वीनगरका सुब्बा पक्राउ

Author Image
बुधवार, जेठ २६, २०७८

झापा । झापा प्रहरीले दुईजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भद्रपुर–७ का सुदिव भट्टराई र पृथ्वीनगरका मदन सुब्बा योङहाङ रहेका छन् । उनिहरुलाई   जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।

भट्टराई दुई बर्ष अघि उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्धा फैसला भएपछि फरार रहेका थिए भने सुब्बा चोरी अभियोमा २०७३ सालमा पुनरावेदन अदालत इलामले दोषी ठहर गरी सजाय फैसला गरेपछि फरार रहेका थिए ।

पक्राउ परेका भट्टराईलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । कोरोना परिक्षण गरेर रिर्पोट नेगेटिभ आए पछि सजाय भुक्तानको लागि कारगार पठाईने बताइएको छ । अर्का प्रतिवादी सुब्बालाई आजै चन्द्रगढी कारगार पठाइएको प्रवक्ता थापाले आमसंचारलाई जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 69

प्रतिक्रिया (०)

सम्बन्धित खबर