Aamsanchar

भारतमा फेरि बढ्याे पेट्रोल र डिजेलको मूल्य

Author Image
सोमवार, जेठ ११, २०८३

काठमाडौं – विश्वव्यापी संकटका बीच भारतमा पेट्रोल र डिजेलको मूल्य सोमबार फेरि वृद्धि भएको छ । पेट्रोलको मूल्यमा प्रतिलिटर २.६१ रुपैयाँ र डिजेलमा प्रतिलिटर २.७१ रुपैयाँ वृद्धि गरिएको हो ।
पछिल्लो १० दिनमा पेट्रोल र डिजेलको मूल्य यो चौथोपटक बढेको हो । मूल्य बढ्नुअघि दिल्लीमा पेट्रोल प्रतिलिटर ९९.५१ रुपैयाँ र डिजेल प्रतिलिटर ९२.४९ रुपैयाँमा बिक्री भइरहेको थियो । तर अब, राजधानीमा पेट्रोल प्रतिलिटर १०२.१२ रुपैयाँ र डिजेल प्रतिलिटर ९५.२० रुपैयाँ पुगेको छ ।

लगातार बढिरहेको इन्धनको मूल्यको असर सर्वसाधारणमा पर्न थालेको छ । मूल्य वृद्धिका कारण ट्याक्सी, अटो र मालसामान ढुवानी सेवाको भाडामा समेत वृद्धि हुन सक्ने आशंका गरिएको छ ।

पश्चिम एसियामा चलिरहेको द्वन्द्वका कारण कच्चा तेलको मूल्यमा भइरहेको वृद्धिसँगै भारतमा ऊर्जा मूल्यको भार सरकारी तेल कम्पनीहरूले मे १५ देखि नै बिस्तारै ग्राहकहरूमाथि थोपर्न सुरु गरेका थिए ।

Views: 39

प्रतिक्रिया (०)

सम्बन्धित खबर