Aamsanchar

गम्भीर संक्रमितको संख्या घटदो

Author Image
बिहिवार, जेठ २७, २०७८

काठमाडौं । कारोना खोप लगाउनेक्रम बढ्दै गर्दा गम्भीर संक्रमित भर्ना दरमा पनि केही कमी आएको पाइएको छ । यद्यपि, केही दिनयता संक्रमित संख्या घटे पनि जोखिम कायम रहेको भन्दै हेलचेक्रयाईं नगर्न जनस्वास्थ्य विज्ञले आग्रह गर्दै आएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभर १ हजार ६ सय ८७ जना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । जसअन्तर्गत १ हजार ३ सय १२ आईसीयू र ३ सय ७५ संक्रमित भेन्टिलेटरमा छन् । यसअघि, मंगलबार १ हजार ४ सय ३४ जना आईसीयू र ३ सय ९७ भेन्टिलेटरमा उपचाररत थिए । बुधबार देशभर प्रदेश १ मा २ सय २ आईसीयू र ४९ भेन्टिलेटर, प्रदेश २ मा ६७ आईसीयू र १८ जना भेन्टिलेटरमा छन् । बागमती प्रदेशमा ७ सय २४ आईसीयू र २ सय ४७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

गण्डकी प्रदेशमा १ सय १४ आईसीयू र २७ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा १ सय ३८ जना आईसीयू र १९ भेन्टिलेटर, कर्णालीमा ३७ आईसीयू र ८ जना भेन्टिलेटर, सुदूरपश्चिम प्रदेशमा ३० आईसीयू र ७ जना भेन्टिलेटरमा उपचाररत छन् । त्यस्तै, बुधबार देशभर ४ हजार ३ सय ४४ जना कोरोना संक्रमित भएका छन् । मन्त्रालयका अनुसार बुधबार देशभरका प्रयोगशालामा १२ हजार ७४ जनाको पीसीआर र ४ हजार ५६८ जनाको एन्टीजेन परीक्षण गरिएको छ । हालसम्म नेपालमा ६ लाख १५ हजार ६ सय ५२ जनामा संक्रमण देखिएको छ । देशभर बुधबारसम्म ८० हजार ३ सय ३६ सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा देशभर ८१ संक्रमितको मृत्यु भएको छ । हालसम्म ८ हजार १ सय ७९ संक्रमितको मृत्यु भएको छ । बुधबार ५ हजार ७ सय ६८ संक्रमित निको भएका छन् । स्वास्थ्य मन्त्रालयले संक्रमण जोखिम कायम रहेको भन्दै मास्क समुचित प्रयोग, भौतिक दूरी कायम र सरसफाईमा ध्यान दिन आग्रह गर्दै आएको छ ।

यसैबीच, स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले सातै प्रदेशका सामाजिक, स्वास्थ्यतथा जनसंख्यामन्त्रीसँग बुधबार छलफल गरेका छन् । मन्त्री तामाङले कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापनस“गै जनजीवन रक्षाका लागि दत्तचित्त भएर लाग्न निर्देशनसमेत दिएका छन् । राजधानीबाट ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 201

प्रतिक्रिया (०)

सम्बन्धित खबर