Aamsanchar

प्रदेश १ को नीति तथा कार्यक्रम ३ बजे पेश हुने

Author Image
बिहिवार, जेठ २७, २०७८

विराटनगर- प्रदेश १ को आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज (बिहीबार) प्रदेशसभामा पेश हुने भएको छ। आज ३ बजे बस्ने प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले नीति तथा कार्यक्रम पेश गर्ने प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए।

मन्त्री कार्कीका अनुसार बिहीबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशको आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम पारित गरिएको छ। नीति तथा कार्यक्रम पारित भएपछि असार १ गते प्रदेश सरकारको बजेट आउनेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 289

प्रतिक्रिया (०)

सम्बन्धित खबर