Aamsanchar

एक्सर्पट फाउण्डेशनद्वारा ५० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

Author Image
बिहिवार, जेठ २७, २०७८

काठमाडौं ।  नेपालमा कोभिड–१९ को दोस्रो कहरका कारण नेपालीहरु पर्याप्त स्वास्थय सामग्री अभाव भएर सहज रुपमा उपचार गर्न नपाई रहेको परिस्थतीलाई मध्येनजर गरेर देश विदेशमा बस्ने नेपालीहरु संघ संस्थाहरुले नेपाल सरकारलाई स्वास्थ्य सामाग्री सहयोग गरिरहेको समाचारहरु आईरहेको वेला एक्सर्पर्ट ग्रुपले स्थापना गरेको  फाउण्डेशनले पनि नेपाल सरकारलाई स्वाथ्य समाग्री सहयोग गरेको छ ।

विदेशी दाताबाट प्राप्त प्राविधिक साथ र सहयोगको प्रयोग गरी नेपाली डाक्टर, नर्स, सफाईकर्मी, सेना, प्रहरी, प्राविधिकलगायत अग्रपंतीमा रहेर कोभिडविरूद्ध खटिनै हरुलाई यतीवेला आधारभूत आवश्यक स्वास्थ्य सामाग्रीहर चाईएको छ ।

अहिलेको अवस्थामा नेपालमा जति र जत्रै भए पनि सहयोगको खाँचो छ। यही खाँचो महशुस गर्दै, एक्सर्पट एजुसकेशन एण्ड भिसा सर्भिसेसले आफ्नो सामाजिक संस्था एक्सर्पट फाउण्डेशनमार्फत ५० थान अक्सिजन कन्सन्ट्रेटर नेपाल सरकारलाई प्रदान गरेको छ।

चीनबाट आयातीत यी कन्सन्ट्रेटरमध्ये, ४५ थान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई र बाँकी ५ थान बिभिन्न सामाजिक संस्थालाई प्रदान गरेको हो।

दश लिटर क्षमताका पचास थान कन्सन्ट्रेटरको अहिलेको बजार मूल्य करिब साठी लाख रूपैया पर्न जान्छ। ‘यो महामारीको समयमा अक्सिजन सिलिन्डर र कन्सन्ट्रेटरको अभावले सयौं नेपालीले अकालमै ज्यान गुमाउनु नपरोस् भन्ने हाम्रो चाहना हो’, एक्सर्पट एजुकेशनका प्रबन्ध निर्देशक बद्रि अर्यालले भने, ‘हाम्रो सानो प्रयासले धेरैलाई सहयोग मिल्ने कुरामा विश्वस्त छौ।’

यसअघि पनि बाढीपहिरो र भुकम्पको समयमा पनि एक्सपर्टले फाउन्डेसनमार्फत परोपकारी कार्यमा हात अगाडि बढाउँदै आएको अर्का निर्देशक सन्जीव शर्माले सुनाए।

प्राप्त स्वास्थ्य सामाग्री स्थानीय आवश्यकता र प्राथमिकतालाई मध्यनजर गर्दै वितरण गरिने कुरामा विश्वस्त रहेको नेपालका निम्ति एक्सर्पट फाउण्डेशनका अध्यक्ष रोशन कँडेलले बताए।

‘गतबर्ष देखिनै एक्सर्पट (शैक्षिक परामर्स केन्द्र) कोरोना कहरका कारण धरासायी बनेको अबस्था छ ।’ यो समस्या सबैले भोगेका छन् । तर पनि देशलाई अफ्ट्यारो परेको वेला नेपालीहरुलाई केही हद सम्म भए पनि यो वेला एक्सर्पट मार्फत सहयोग गर्न पाएकोमा खुशी लागेको एक्सर्पटका संचालक सदस्य खेम संग्रौलालले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 240

प्रतिक्रिया (०)

सम्बन्धित खबर