Aamsanchar

प्रदेश १ कोरोना अपडेट

Author Image
शनिवार, जेठ २९, २०७८

विराटनगर। प्रदेश १ बाटआज १ हजार ३१० जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ५२४ महिला र ७८६ पुरुष रहेको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार हालसम्म ४८ हजार ५५३ जना संक्रमणमुक्त भएका छन् । प्रदेश १ माआज ४८६ जनाकोरोना संक्रमितथपिएका छन् । मोरंगमा १९३, सुनसरीमा १३५, झापामा १०८, धनकुटामा १४, उदयपुरमा ६, संखुवासभा र भोजपुरमा ४–४, ते¥हथुम, इलाम र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ११७, बुढीगंगामा १८, कानेपोखरीमा १७, बेलबारीमा ११, कटहरीमा ६, पथरीशनिश्चरेमा ५, सुन्दहरैचामा ४, जहदा र स्थानीयतहनखुलेका ३–३, सुनबर्षीमा २, रंगेली र उर्लाबारीमा २–२, रतुवामाई, लेटाङ, केराबारी र ग्रामथानमा १–१, सुनसरीको धरानमा ६२, इटहरीमा ३१, इनरुवामा २०, दुहवीमा७, रामधुनीमा ६, बराहक्षेत्रमा ५, बर्जुमा २, देवानगञ्ज र स्थानीयतहनखुलेका १–१, झापाको दमकमा७४, भद्रपुरमा १६, मेचीनगरमा ५, विर्तामोडमा ४, कचनकवलमा ३, शिवसताक्षी , कमल, बा¥हदशी, अर्जुनधारा र झापागाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको छ ।

त्यसैगरि धनकुटाको धनकुटा नगरपालिकामा ६, पाख्रिबासमा ४, शहिदभूमी, महालक्ष्मी, चौविसे र छथरमा १–१, उदयपुरको रौतामाई र त्रियुगामा २–२, कटारी र स्थानीयतहनखुलेका १–१, संखुवासभाको खाँदबारीमा ३ र मादीमा १, भोजपुरको भोजपुर नगरपालिकामा १ र स्थानीयतहनखुलेका ३, ते¥हथुमको फेदापमा १, इलामको चुलाचुलीमा १, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ माकोरोना संक्रमितको संख्या ६५ हजार ३४१ पुगेको छ । सक्रिय संक्रमितको संख्या १५ हजार ७५२ रहेको छ । प्रदेश १ माआज १ हजार ४१९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २२६ महिला र २६० जना पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर