Aamsanchar

झापा : आजको कोरोना अपडेट

Author Image
शनिवार, जेठ २९, २०७८

झापा- झापामा आज एन्टिजेन परिक्षणबाट ६ सहित ४५ जनामा कोरोना संक्रमण पुस्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार आज १२ महिलासहित ४५ जनामा कोरोना भाइरसको संक्रमण भएको हो । त्यस्तै आज मृत्यु हुनेमा ३ जना छन् । जसमा बुद्वशान्ति–४ की ७३ वर्षीया महिला, बाह्रदशी–२ की ६० वर्षीया महिला र मेचीनगर–१३ की ६६ वर्षीय पुरुष रहेको कार्यालयले जनाएको छ ।

दमकमा ३ महिलासहित १३ जना, बिर्तामोडमा १ महिलासहित ३ जना, मेचीनगरमा २ महिलासहित ३ जना, भद्रपुरमा ४ महिलासहित १० जना, अर्जुनधारामा १ जना महिला, कचनकवलमा ३ जना पुरुष, कमलमा १ जना महिला र शिवसताक्षीमा १ जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

योसँगै झापामा संक्रमितको संख्या १२ हजार १११, डिस्चार्ज ९ हजार ३६२, आइसोलेसनमा २ हजार ४६८ जना, र मृत्यु हुनेको संख्या २९६ जना र आज निको भएर घर फर्किएका २५० जना रहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 380

प्रतिक्रिया (०)

सम्बन्धित खबर