Aamsanchar

मास्क नलगाइ नागरिकसँग घुलमिल गर्दा ब्राजिलका राष्ट्रपतिलाई जरिबाना

Author Image
आइतवार, जेठ ३०, २०७८

काठमाण्डौ – कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि जारी गरिएको नियम उल्लङ्घन गरेको भन्दै ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोलाई जरिबाना भएको छ । साओ पाउलो राज्यले बोलसोनारोलाई झन्डै एक सय १० अमेरिकी डलर जरिबाना तिराइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छन् ।

शनिवार (हिजो) साओ पाउलोमा मोटरसाइकल र्‍यालीमा पुग्नुभएका राष्ट्रपति बोलसोनारोले मास्क नलगाएको र मास्क नलगाइ नागरिकसँग घुलमिल गरेको भन्दै जरिबाना तिराएको त्यहाँको सरकारले जनाएको छ । र्‍यालीमा उहाँले कोरोनाविरुद्धको खोप लगाइसकेकालाई मास्क लगाउनु नपर्ने निर्णय गर्नेबारे विचार गरिरहेको बताउनुभएको थियो । उहाँले भन्नुभएको छ, ‘जसले यसको विरोध गर्दछ, उसले विज्ञानमा विश्वास गर्दैन । कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिबाट अर्को व्यक्तिमा कोरोनाको सङ्क्रमण हुँदैन ।’

साओ पाउलो सरकारले राष्ट्रपति बोलसोनारोसहित पूर्वाधार ९इन्फ्रास्ट्रक्चर० मन्त्रीलाई पनि मास्क नलगाएको भन्दै जरिबाना तिराएको छ । मोटरसाइकल र्‍यालीअघि साउ पाउलो राज्यका गर्भनर जोआओ डोरियाले कोरोनाविरुद्ध बनाइएको नियम नमान्नेलाई कारबाही हुने बताउनुभएको थियो ।

ब्राजिलमा अहिलेसम्म १२ प्रतिशतले कोरोनाविरुद्धको खोपको दोस्रो डोज पाइसकेका छन् । ब्राजिलमा कोरोनाका कारण अहिलेसम्म एक करोड ७३ लाखभन्दा धेरै सङ्क्रमित भएका छन् भने चार लाख ८६ हजारभन्दा धेरैको ज्यान गएको छ ।

राष्ट्रपति बोलसोनारोमाथि कोरोना रोकथामका लागि गम्भीर नभएको आरोप लाग्दै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर