Aamsanchar

शनिश्चरे अस्पताललाई २० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग प्राप्त

Author Image
मङ्गलवार, असार १, २०७८

अर्जुनधारा । सामाजिक संस्था हेल्पिङ हेन्ड फर रिलाइफ एन्ड डेभलपमेन्टले शनिश्चरे अस्पताललाई २० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ।

कोरोना भाइरस संक्रमित र अन्य बिरामीलाई मध्यनजर गरी सामग्री प्रदान गरेको हो।  वर्क फर नेपालको पहल र हेस्रा नेपालको सहकार्यमा हेल्पिङ हेन्डले शनिश्चरे अस्पताललाई एक थान आइसियु बेड, दुई थान अक्सिजन सिलिन्डर सहित ७८ प्रकारका स्वास्थ्य सामग्री र उपकरण प्रदान गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पुष्प प्रसाईंले जानकारी दिए ।

आज एक कार्यक्रमका बिच हेल्पिङ हेन्ड फर रिलाइफ एन्ड डेभलपमेन्टका प्रबन्धक जिवप्रसाद पोखरेल, हेस्रा नेपालका अध्यक्ष जियाउँदिन खानले नगर प्रमुख हरिकुमार राना र नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा ,अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा ९ नम्वर वडा अध्यक्ष पुष्प प्रसाईंलाई सामग्री हस्तान्तरण गरेका थिए।

कार्यक्रमम प्रदेश १ का सांसद वृख प्रधान , नगर प्रमख हरिकुमार राना , नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा लगायतले धन्यवाद दिएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर