Aamsanchar

इजरायलले प्यालेस्टाइनको गाजा क्षेत्रमा फेरि गर्यो आक्रमण

Author Image
बुधवार, असार २, २०७८

काठमाडौं – इजरायलले प्यालेस्टाइनको गाजा क्षेत्रमा फेरि आक्रमण गरेको छ। गाजा सहरमा आज बिहानै विस्फोट भएको बीबीसीले जनाएको छ। विस्फोटबाट भएको मानविय क्षतिबारे खुलेको छैन। विद्रोही समूह हमासले इजरायलको क्षेत्रमा बेलुन खसालेर आगलागी गराएको र त्यसको जवाफमा हवाई हमला गरेको इजरायलले जनाएको छ। इजरायल र प्यालेस्टाइनबीच ११ दिन लामो युद्धपछि गत मे २१ मा युद्धविराम भएको थियो।

इजरायलले विज्ञप्ति निकालेर हमासले आगो भरिएका बेलुन पठाएर आफूहरुको कम्तीमा २० ठाउँमा आगलागी गराएपछि गाजामा रहेको सैन्य क्षेत्रमा आक्रमण गरेको जनाएको छ। मंगलबार हमासले जेरुसलममा कारबाही गर्ने चेतावनी दिएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 115

प्रतिक्रिया (०)

सम्बन्धित खबर