Aamsanchar

अमेरिकामा रहेका नेपाली र नेपाली भाषी भुटानीद्वारा बुद्धशान्तिको आइसोलेसनमा स्वास्थ्य सामग्री सहयोग

Author Image
शनिवार, असार ५, २०७८

बुधबारे। अमेरिका बस्ने बुद्धशान्तिबासी तथा बुद्धशान्ति कर्मथलो बनाई हाल अमेरिका रहनु हुने नेपाली भाषी भुटानीहरुले झापाको बुद्धशान्ति गाउँपालिकाले कोभिड सन्क्रमित बिरामीको उपचारका लागि संचालन गरेको आइसोलेसनका लागि रू तीन लाख बढीको स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

गोपाल निरौला, दिवश शिवाकोटी, हरि खरेल, त्रिलोचन खतिवडाहरुको संयोजनमा बुद्धशान्तिमा बसोबास गरि हाल अमेरिका रहनु हुने विभिन्न सहयोगी दाताहरुले सङ्कलन गरि पठाएको ३ लाख ८ सय १० रूपैयाँ रकमले स्वास्थ्य सामग्री खरिद गरि बुद्धशान्ति गाउँपालिकाको आईसोलेसनलाई हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण गरिएको सामाग्रीमा डबल फोल्ड बेड ६ थान, डबल फोल्ड बेड म्याट्रेस ६ थान, बेड रेलिङ्ग ६ सेट, कुरुवा आल्मुनियम मेच ६ थान, मेडिसिन ट्रली १ थान, पेसेन्ट ट्रली २ थान, बेड साईड लकर १५ थान रहेको छ ।

बुद्धशान्तिका मनेष दाहाल, चन्द्र उप्रेती, अनिल वाग्ले, गणेश खरेलको सहजिकरणमा आज ती सामग्री बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेश भुजेल र बुद्धशान्ति स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीलाई हस्तान्तरण गरिएको छ ।

आईसोलेसन बन्द भए पछि ती सामग्री बुद्धशान्ति अस्पतालमा रहनेछन् । महत्त्वपूर्ण सहयोग गर्नुहुने सबैलाई बुद्धशान्ति गाउँपालिका अध्यक्ष भुजेलले धन्यवाद व्यक्त गर्नुभएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 237

प्रतिक्रिया (०)

सम्बन्धित खबर