Aamsanchar

काँग्रेस नेता सिटौलाको पहलमा चिकित्सक सङ्घले दियो झापामा १२ वटा अक्सिजन कन्सनट्रेटर

Author Image
मङ्गलवार, असार ८, २०७८

झापा-नेपाल चिकित्सक सङ्घले झापामा १२ वटा अक्सिजन कन्सनट्रेटर र ५० थान पिपिई दिएको छ । पूर्व गृहमन्त्री तथा उपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाको पहलमा नेपाल चिकित्सक सङ्घले झापामा १२ वटा अक्सिजन कन्सनट्रेटर र ५० थान पिपिई दिएका हुन ।

जिल्ला स्वास्थ्य कार्यालय झापा परिसरमा मङ्गलवार एक कार्यक्रमका बिच काँग्रेसका नेता कृष्णप्रसाद सिटौला सो अक्सिजन कन्सनट्रेटर र पिपिईलाई स्वास्थ्य कार्यालयमार्फत १० वटा स्थानीय तहका स्वास्थ्य केन्द्रहरूलाई हस्तान्तरण गरेका थिए । भद्रपुरमा तीन वटा, कचनकवल, हल्दिबारी, बाह्रदशी, अर्जुनधारा, बिर्तामोड, बुद्धशान्ति, गौरदाह, शिवसताक्षी र झापा गाउँपालिकालाई एक÷एक थान अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरेका थिए । हस्तान्तरण कार्यक्रममा बोल्दै नेता सिटौलाले निःशुल्क स्वास्थ्य उपचार र मौलिक हक बारेमा हामी सबै राजनीतिक दल मिलेर बनाएको संविधानमा राखेका छौ । तर, आज संविधानमा राखिएको कुरा कार्यान्वयन नहुँदा नहुँदा दुःख लागेको छ ।

कोभिड–१९ ले सबै नेपाली जनतालाई सचेत गराइसकेको बताउँदै उनले भने, ‘अब सरकारी अस्पताललाई सुधार गर्नुका साथै स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्नु पर्ने सबै दलको दायित्व हो ।’ कार्यक्रममा भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले कोभिड १९ सङ्क्रमणबाट सङ्क्रमितले अक्सिजन अभावको कारण मर्नु पर्ने घटनाको दुखद भएको बताए । सरकारी स्वास्थ्य क्षेत्रलाई सुधारका लागि तीनै तहका सरकार लाग्नु पर्ने उनको भनाई छ ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका निमित्त कार्यालय प्रमुख ईश्वरीप्रसाद पौडेल, मेची अस्पतालका मेसु डा। टङ्क बाह्रकोटी, नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकाल, काँग्रेसका झापा सभापति उद्धव थापा लगायतको उपस्थितिमा भएको कार्यक्रमको सञ्चालन काँग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेलले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 274

प्रतिक्रिया (०)

सम्बन्धित खबर