Aamsanchar

अवुधाविमा नयाँ नियम लागु

Author Image
बिहिवार, असार १०, २०७८

युनाईटेड अरब ईमिरेटस (युएई)को राजधानी अवुधाविमा कोरोना रोकथामका लागि नयाँ नियम लागु भएको छ । नयाँ नियम अनुसार अबदेखि युएईले कोभिड १९ को कन्ट्याक्ट् ट्रेसिङ्ग मोबाइल एप्लिकेसन ‘अल होस्न’ मा हरियो (संकेत) नभएका व्यक्तिहरुले सार्वजनिक स्थलमा प्रवेश गर्न नपाउने भएका छन्।

कोभिड १९ को महामारी रोकथाम तथा नियन्त्रणका लागि युएईको स्वास्थ तथा रोकथाम मन्त्रालयको स्वीकृतिमा अवुधाविको आपतकालीन संकट व्यवस्थापन समितिले हिजो मंगलबार देखि नयाँ नियम लागू गरेको हो ।

नयाँ नियम अनुसार १६ वर्ष र सोभन्दा माथिका व्यक्तिहरु स्विमिङ्ग पुल, सुपरमार्केट, जिम, होटल, सार्वजनिक पार्क, समुन्द्री किनार, मनोरञ्जन केन्द्रहरु, सिनेमा हल, संग्राहलय तथा रेष्टुरेन्ट र क्याफेमा प्रवेशका लागि ‘अल होस्न’ मोबाइल एप्लिकेसनमा हरियो संकेत अनिवार्य हुनुपर्नेछ।

युएईले कोभिड १९ को कन्ट्याक्ट् ट्रेसिङ्ग तथा व्यक्तिको कोरोना परिक्षण र भ्याक्सिनेसनको विवरण उपलब्ध गराउन सार्वजनिक गरेको ‘अल होस्न’ मोबाईल एप्लिकेसनमा कोभिड विरुद्धको खोप प्राप्त गरेको र पिसिआर परिक्षणको नतिजाको आधारमा हरियो संकेत सक्रिय हुने गरेको छ।

हरियो संकेत सक्रिय हुने अवधीका लागि विभिन्न मापदण्ड तोकिएको छ । जसअनुसार कोभिड विरुद्धको दोस्रो डोज प्राप्त गरि २८ दिन गुजारेका र पिसिआर परिक्षणको नतिजामा नेगेटिभ रिपोर्ट भएका व्यक्तिहरुको मोबाइल एप्लिकेसनमा ३० दिनसम्म हरियो संकेत सक्रिय रहनेछ। त्यस्तै खोपको दोस्रो डोज प्राप्त गरेका तर २८ दिन पूरा नभएका र कोरोना नेगेटिभ नतिजा भएकाहरुको मोबाईल एपमा १४ दिनसम्म हरियो संकेत सक्रिय रहनेछ।

यसैगरी खोपको पहिलो डोज लगाएर दोस्रोको प्रतिक्षामा रहेका र कोरोना नेगेटिभ नतिजा भएकाहरुको ‘अल होस्न’ एपमा ७ दिनसम्म हरियो संकेत सक्रिय हुने बताईएको छ। पहिलो खोप प्राप्त गरेर पनि ४२ दिन वा सोभन्दा बढी समयसम्म दोस्रो डोज नलगाएका र कोरोनाको नतिजा नेगेटिभ भएकाहरुको एपमा ३ दिनसम्म मात्रै हरियो संकेत सक्रिय रहने बताईएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 265

प्रतिक्रिया (०)

सम्बन्धित खबर