Aamsanchar

प्रधानमन्त्री ओलीले गरे मन्त्रीहरूको जिम्मेवारी हेरफेर, कस्ले के -के पाए ?

Author Image
बिहिवार, असार १०, २०७८

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूको जिम्मेवारी हेरफेर गर्नुभएको छ । रक्षा र परराष्ट्र मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओली आफैँले राख्नुभएको छ । अहिले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालिरहनुभएका विष्णु पौडेलले थप उद्योग, वाणिज्य तथा आपूर्तिस ऊर्जा, जलस्रोत तथा सिँचाइ र गृह मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

त्यस्तै शिक्षा मन्त्रालय सम्हालिहरनुभएका कृष्णगोपाल श्रेष्ठले थप वन तथा वातावरणस युवा तथा खेलकुदस श्रम, रोजगार तथा सामाजिक र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हालिरहनुभएका वसन्तकुमार नेम्वाङले थप कृषि, तथा पशुपक्षी विकासस खानेपानीस सञ्चार, तथा सूचना प्रविधि र सहरी विकासको जिम्मेवारी पाउनुभएको छ । त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले थप भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणस महिला, बालबालिका तथा ज्येष्ठ नागरिकस संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर